कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका रत्ननगर नगरकार्यपालिकाका मेयर नारायण वनले सहकारी आर्थिक मेरदण्ड भएको भन्दै नगरमा रहेका सबै सहकारी एकै भए ठुलो प्रगति हुने बताउनुभएको थियो ।
चितवनको विकासको लागि चार नगरपालिका मिलेर महानगरको अवधारण लिएको बताँउदै सवै सहकारी पनि मर्ज भए समाजमा सकारात्मक भुमिका खेल्ने बताउनुभयो ।
सहकारीहरु भत्ता र भ्रमण जाँनको लागि स्थापना नभएको भन्दै मेयर वनले त्यस्तो कार्य रोक्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाले भोग्नु परेको चुनौति र समाधानका बारेमा सहजीकरण गरिएको थियो । संस्थाका उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा नेफ्स्कून नारायणी फिल्ड कार्यालय व्यवस्थापन उप समितिका सदस्य भरत दवाडी विशिष्ट अतिथि रहनुभएको थियो भने १४ ओटा सहकारीको सहभागिता रहेको थियो ।
अर्पण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका लेखा संयोजक रामचन्द्र देवकोटाले सञ्चालन गर्नु भएको कार्यक्रम संस्थाका अध्यक्ष यमन भुसालको अध्यक्षतामा समपन्न भएको थियो ।