मंसिर २ गते । कालिका नगरपालिका ४ पमदपुरमा जारी विद्यालयस्तरी मेयरकप रनिङशिल्ड प्रतियोगितामा भीमोदय मावि र पृथ्वी मावि हावी देखिएको छ । कालिका नगरपालिकाको आयोजना शनिवारदेखी सुरु भएको प्रतियोगिताको दोश्रो दिन आईतवार यि दुई विद्यालय हाबी देखिएका हुन् । आईतवार छात्रा भलिवलको फाईनलमा भीमोदय माविले पृथ्वी माविलाई हराउन सफल भयो । जमुनापुर मावि तृतिय भयो । छात्र सटपुटमा चर्तुमुखी मावि प्रथम,आधारभुत विद्यालय जुटपानी द्धितिय र भीमोदय मावि तृतिय भएको श्रोत व्यक्ती राजेन्द्र वावु ढकालले जानकारी दिए । त्यस्तै छात्रा सटपुटमा भीमोदय माविले प्रथम र द्धितिय स्थान हासिल गर्दा आधारभुत विद्यालय वनकट्टा तृतिय भयो । छात्र २ सय मिटर दौडमा चुर्तमुखी मावि प्रथम, चक्रदेवी आधारभुत विद्यालय द्धितिय र पृथ्वी मावि तृतिय भयो । छात्रा २ सय मिटर दौडमा आधारभुत विद्यालय गडयौली प्रथम,आधारभुत विद्यालय वनकट्टा द्धितिय र आधारभुत विद्यालय जुटपानी तृतिय भएको श्रोत व्यक्ती ढकालले वताए । कक्षा ९ देखी १२ सम्म छात्र दौडमा भीमोदय माविका अमृत वोट प्रथम,भीमोदय माविकै केशव महतो द्धितिय तथा मुनलाईट आवासीय माविका अनिश डुम्राकोटी तृतिय भए । कक्षा ९ देखी १२ सम्म छात्रा दौडमा राष्ट्रिय मावि मझवाङकी निरुज तामाङ प्रथम,चुर्तमुखी माविकी सृजना प्रजा द्धितिय र भीमोदय माविकी कमला रुम्वो तृतिय भईन् । कक्षा ६ देखी ८ सम्म लङजम्पमा आधारभुत विद्यालय समीपुरका समिर महतो प्रथम,आधारभुत विद्यालय जुटपानीका अनिश परियार द्धितिय र पृथ्वी माविका राहुल पुन तृतिय भए । सोही विद्यामा छात्रा तर्फ चक्रदेवी आधारभुत विद्यालय गैरीवारीकी सन्ध्या केशी प्रथम,आधारभुत विद्यालय छेपेढापकी कुमारी चेपाङ द्धितिय र भीमोदय माविकी लालुमाया घिसिङ तृतिय भईन् । कक्षा ९ देखी १२ सम्म छात्र लङजम्पमा सिद्धी विनायक आमाविका अमृत वम्जन प्रथम,पृथ्वी माविका सन्दिप कुमाल द्धितिय र पृथ्वी माविकै आशिष चौधरी तृतिय भए । कक्षा ९ देखी १२ सम्म छात्रा लङजम्पमा भीमोदय माविकी सुष्मा अधिकारी प्रथम,पृथ्वी माविकी मेनुका भट्ट द्धितिय र चुर्तमुखी माविकी निरुज गुरुङ तृतिय भएकी श्रोत व्यक्ती ढकालले वताए । ढकालका अनुसार भोली सोमवार अन्तिम दिन छात्र भलिवल,त्रिपलजम्प,१५ सय मिटर दौड,रिले दौड,कवड्डी,हाईजम्पको फाईनल खेल हुनेछ । कालिका नगरपालिकाले पहिलो पटक नगरस्तरीय रनिङशिल्ड प्रतियोगिता आयोजना गरेको हो ।