मंसिर १ गते । संघीयता कार्यान्वयन गर्ने क्रममा पूर्वी चितवनको कालिका नगरपालिकाले पहिलो पटक मेयरकप रनिङशिल्ड प्रतियोगिता सुरु गरेको छ । कालिका ४ स्थित शहिद स्मृती क्याम्पसको चौरमा सुरु भएको प्रतियोगिताको एक कार्यक्रममाबीच मेयर खुमनारायण श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा मेयर श्रेष्ठले शिक्षाको विकासले मात्रै हरेक क्षेत्रको विकास हुने वताए । साथै मेयर श्रेष्ठले विद्यार्थीको वौद्धिक,शारिरीक विकासका लागि खेलकुद अनिवार्य रहेको समेत औल्याए । प्रतियोगितामा कालिका नगरपालिकाका ३६ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालयको सहभागीता रहेको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा एथलेटिक्स,भलिवल,कवड्डी लगायतका खेल हुनेछन् ।
पहिलो दिन एक सय मिटर र रिले दौड तथा भलिवलका पहिलो चरणका खेल भएका छन् । कालिका ६ का वडाध्यक्ष एवंम् सामाजिक विकास समितिका संयोजक विनोद रेग्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत यज्ञ पुरी, कालिका ४ का वडाध्यक्ष कृष्ण कुमार श्रेष्ठ,श्रोत व्यक्ती राजेन्द्र बाबु ढकाल,डाक्टर हरि कडेंल लगायतले मन्तव्य राखेका थिए ।