असोज २५ गते । नेपाल कम्युनिस्ट पाटिले आफ्ना चार जनालाइ निलम्बन गरेको छ ।रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा बागी उम्मेदवारी दिने उनिहरुलाइ निलम्बन गरेको नेकपाले आज बिज्ञापति जारी गरि जनाएको हो । सचिव पदमा बागी उम्मेदवारी दिएका राजेन्द्र न्यौपाने,कार्यसमिति सदस्य पदमा बागी उम्मेदवारी दिएका कृष्णप्रसाद डोटेल,चन्द्रकान्त ओझा र लेखा समिति संयोजक पदमा बागी उम्मेदवारी दिएका प्रताप डल्लाकोटीलाई पार्टी सदस्यबाट निलम्वन गरिएको हो । नेकपा रत्ननगरले विहीवार विज्ञप्ती जारी उनिहरुलाइ ९ महिना र ओझालाई ६ महिनाको लागि पार्टी सदस्यबाट निलम्बन गरिएको जनाएको छ । न्यौपाने तत्कालिन नेकपा एमालेका पूर्व नगर कमिटी सदस्य,डोटेल क्षेत्रीय कमिटी सदस्य,ओझा संगठित सदस्य र डल्लाकोटी पूर्व क्षेत्रीय कमिटी सदस्य तथा युवा संघ नेपालका केन्द्रीय सदस्य हुन । पाटिको निर्णय बिपरित उम्मेद्बारी दिएकाले उनिहरुलाइ निलम्बन गरिएको नेकपाले जनाएको छ ।