चितवन, २४ असोज । पूर्वी चितवनस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधी बाघमारा युवा क्लब रत्ननगर बाघमाराले हात पारेको छ । सौराहा सिसवार खेल मैदानमा सम्पन्न फाईनल खेलमा बाघमारा युवा क्लबले अटो संघ रत्ननगरलाई १ गोल गर्दै उपाधी हासिल गरेको हो । चित्रसेन क्बल रत्ननगर चित्रसारीले वडा दशैको अवसरमा आयोजना गरेको प्रतियोगितामा बाघमाराले उपाधीसगैँ नगद ३१ हजार ५ सय रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र पाएको क्लबका सदस्य एंव सपना भिलेजका म्यानेजर नारायण पुरीले जानकारी दिए । यस्तै दोश्रो हुने टिम अटोसंघले नगद २१ हजार ५ सय रुपैयाँ, शिल्ड मेडल र प्रमाणपत्र पाएको थियो । असोज ५ गते सुरु भएको प्रतियोगितामा पूर्वी चितवनको ३ नगरका २३ वटा टिम सहभागी थिए । क्लबका अध्यक्ष निलप्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा रत्ननगर नगरपालिकाका खेलकुद तथा शिक्षा समितिका संयोजक केशव आचार्य प्रमुख अतिथि रहेका थिए । प्रतियोगिताको प्रथम पुरस्कार होटल सपना भिलेज र दोश्रो पुरस्कार होटल मोनालिसा सौराहालले गरेका थियो ।